"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली कामदार इजरायल पठाउने प्रक्रिया केही समयका लागि स्थगीत

प्रकाशित मिति :  25 October, 2024 12:36 pm


काठमाडौँ– नेपालले इजरायल कामदार पठाउन तत्काललाई रोक लगाएको छ। इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच तनाव बढ्दै गएपछि तत्काल इजरायल कामदार पठाउने प्रक्रिया रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायलमा शान्तिपूर्ण अवस्था बन्नासाथ पठाउने गरी तत्कालका लागि पठाउन रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत पछिल्लो घटनाक्रमको अवस्था बुझ्न तेल–अभिभस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ।

दूतावासबाट इजरायलको अवस्थाका बारेमा जानकारी आएपछि मात्र प्रक्रिया अघि बढाइने उनले बताए। ‘इजरायल युद्धको त्रास बढ्दै गएपछि त्यहाँको अवस्थामा सुधार नआएसम्म कामदार पठाउन रोक लगाइएको हो। अहिले त्यहाँ कार्यरत कामदारको अवस्था बुझ्ने काम भइरहेको छ’ उनले भने। इजरायलको सुरक्षा अवस्थाको विश्लेषण नगरी सरकारले युद्धग्रस्त क्षेत्रमा कामदार नपठाउने उनको भनाइ छ।

इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै जुनसुकै बेला इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुने विषयमा जानकारी गराएको छ।

दूतावासले श्रम स्वीकृति लिएका कामदारका हकमा तीन महिनाभित्रको मेडिकल गर्ने आग्रह गरेको छ। इजरायलको केयर गिभरको रोजगारीका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन्। उनीहरूको अर्को सूचना जारी नभएसम्म प्रक्रिया रोकिएको विभाग महानिर्देशक क्षेत्रीले जनाए। इजरायल साउनमा ३९, भदौमा ३२ र असोजमा ३९ नेपालीले इजरायल जान व्यक्तिगत र पुनः श्रमस्वीकृति लिएको विभागको तथ्यांकमा छ।

प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको थियो। सोहीक्रममा बेपत्ता भएका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ। इजरायल अघिल्लो वर्षदेखि प्यालेस्टाइनसँगको लडाइँ चलिरहेको छ। निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरू त्रसित अवस्थामा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्