"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग भिड्ने

प्रकाशित मिति :  26 October, 2024 3:39 pm


काठमाडौँ- नेपाल समूह विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर,  अस्मिता कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे। सविताले ८ औँ, सावित्राले १२ औँ, रेखाले १३ र ३६औँ, अस्मिताले ४७ औँ र रश्मीले ९४ औँ मिनेटमा गोल गरे। नेपाल पहिलो हाफमै ४–० ले अगाडि थियो। दोस्रो हाफमा नेपालले थप २ गोल गरेको हो।

नेपालले अब समूह ‘ए’को उपविजेता भारतसँग खेल्नेछ। यस्तै समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

भुटानले बिहीबार नै भएको खेलमा माल्दिभ्समाथि १३-० को फराकिलो जित निकालेको थियो। नेपाल र भुटानको समान अंक भए पनि गोलअन्तरका आधारमा नेपाल समूह विजेता बनेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको