"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग भिड्ने

प्रकाशित मिति :  26 October, 2024 3:39 pm


काठमाडौँ- नेपाल समूह विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर,  अस्मिता कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे। सविताले ८ औँ, सावित्राले १२ औँ, रेखाले १३ र ३६औँ, अस्मिताले ४७ औँ र रश्मीले ९४ औँ मिनेटमा गोल गरे। नेपाल पहिलो हाफमै ४–० ले अगाडि थियो। दोस्रो हाफमा नेपालले थप २ गोल गरेको हो।

नेपालले अब समूह ‘ए’को उपविजेता भारतसँग खेल्नेछ। यस्तै समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

भुटानले बिहीबार नै भएको खेलमा माल्दिभ्समाथि १३-० को फराकिलो जित निकालेको थियो। नेपाल र भुटानको समान अंक भए पनि गोलअन्तरका आधारमा नेपाल समूह विजेता बनेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा