"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित

प्रकाशित मिति :  6 November, 2024 9:04 pm


काठमाडौँ- अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। समाचार एजेन्सी सीएनएनका अनुसार मत गणना जारी रहँदा ट्रम्पको रिपब्लिकन पार्टीले २७७ इलेक्ट्रोरल भोट पाएको छ। बहुमतका लागि चाहिने भोट भने २७० हो। कमला ह्यारिसको डेमोक्र्याटिक पार्टीले २२४ इलेक्टोरल भोट पाएको छ।

दोस्रो विश्वयुद्धपछि ट्रम्प चार वर्षको अन्तरालपछि पुनः विजयी हुने पहिलो राष्ट्रपति बनेका छन्। उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति भएका थिए। त्यतिबेला उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए।

ट्रम्पले दोस्रो कार्यकालका लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका थिए। तर, उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भए।

ट्रम्पले मतगणना जारी भइरहेका बेला फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरिसकेका छन्। उनले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति बनाएकोमा मतदातालाई धन्यवाद दिए।  सम्बोधनमा उनले भनेका थिए- यो अमेरिकाकी जनताका लागि सानदार जित हो, जसले हामीलाई अमेरिका फेरि महान् बनाउन सक्षम बनाउनेछ। उनलाई हाल नेपालका राष्ट्रपति रामचन्द्र पौडेलदेखि अन्य देशका नेतृत्वले बधाई दिइरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ