"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार २१:०४


काठमाडौँ- अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। समाचार एजेन्सी सीएनएनका अनुसार मत गणना जारी रहँदा ट्रम्पको रिपब्लिकन पार्टीले २७७ इलेक्ट्रोरल भोट पाएको छ। बहुमतका लागि चाहिने भोट भने २७० हो। कमला ह्यारिसको डेमोक्र्याटिक पार्टीले २२४ इलेक्टोरल भोट पाएको छ।

दोस्रो विश्वयुद्धपछि ट्रम्प चार वर्षको अन्तरालपछि पुनः विजयी हुने पहिलो राष्ट्रपति बनेका छन्। उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति भएका थिए। त्यतिबेला उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए।

ट्रम्पले दोस्रो कार्यकालका लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका थिए। तर, उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भए।

ट्रम्पले मतगणना जारी भइरहेका बेला फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरिसकेका छन्। उनले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति बनाएकोमा मतदातालाई धन्यवाद दिए।  सम्बोधनमा उनले भनेका थिए- यो अमेरिकाकी जनताका लागि सानदार जित हो, जसले हामीलाई अमेरिका फेरि महान् बनाउन सक्षम बनाउनेछ। उनलाई हाल नेपालका राष्ट्रपति रामचन्द्र पौडेलदेखि अन्य देशका नेतृत्वले बधाई दिइरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी / वीवीसि – अन्तरिक्षमा २८६ दिन बसेर नासाका दुई वैज्ञानिक सुनीता विलिअम्स सनी र ब्यारी ई विल्मोर बुचु पृथ्वी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता नोकझोँकमा परिणत भएको छ । ह्वाइट हाउसमा भएको

काठमाडौँ –  भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली

एजेन्सी – इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ। इजरायल र हमासबीचको यो सम्झौता