"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शान्ति सुरक्षासँगै अनुशासन कायम गराउनु सरकारको प्राथमिकतामा छ : गृहमन्त्री

प्रकाशित मिति :  19 November, 2024 1:40 pm


धनगढी- गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन्।

मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ‍।’

गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तीपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।

गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो।’ उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद