"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्रम्पसँग वार्ता गर्न पुटिन तयार

प्रकाशित मिति :  19 December, 2024 10:00 pm


मस्को/ एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘जुनसुकै बेला’ वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ट्रम्पले युक्रेनलाई मस्कोका लागि अनुकूल सर्तबारे शान्ति सम्झौताका लागि बाध्य पार्ने ठानिएको छ ।

वार्षिक पत्रकार सम्मेलनका क्रममा बिहीबार पुटिनले आगामी राष्ट्रपतिसँगको भेटलाई स्वागत गर्ने बताएका हुन् । ‘मलाई थाहा छैन, म उहाँलाई कहिले भेट्न जाँदैछु । यसबारे ट्रम्पको भनाइ सार्वजनिक भएको पनि छैन । मैले उहाँसँग चार वर्ष भन्दा लामो समयदेखि कुरा गरेको पनि छैन । तर म यसका लागि कुनै पनि समय तयार छु,’ पुटिनले भनेका छन् ।

ट्रम्पसँग छलफल गर्नका लागि रुस-युक्रेन युद्ध मात्र नभइ धेरै विषयहरू रहेको पुटिनको भनाइ छ । पुटिनले युक्रेन युद्धमा रुसी सेनाले विजय प्राप्त गरिरहेको दाबी गरेका छन् । तर रुसी सेनाले दक्षिणपश्चिमी कुर्स्क क्षेत्रबाट युक्रेनी सेनालाई परास्त गर्न कति समय लाग्छ भन्ने विषयमा आफूले भन्न नसक्ने उनको भनाइ छ ।

सिरियाको भूभाग कब्जा गर्ने इजरायली कदमको भने पुटिनले कडा शब्दमा निन्दा गरेका छन् । इजरायलले छिटै सिरिया छाड्ने आशा गरेको उनको भनाइ छ । पुटिनले टर्की र कुर्दिस लडाकुहरूबीच थप तनाव नहुने आशा व्यक्त गरेका छन् । ‘यो टर्कीका लागि गम्भीर समस्या हो,’ उनले भने, ‘कुर्दिश समस्या समाधान गर्नुपर्छ ।’

पुटिनले रुसी राजधानी मस्कोमा एक वरिष्ठ जर्नेलको हत्या भएकोमा आफ्ना शक्तिशाली सुरक्षा एजेन्सीहरूको असफलता भएको स्वीकार गरेका छन् । रुसी सेनाको रासायनिक हतियार इकाई प्रमुख इगोर किरिलोभ मंगलबार मस्कोमा स्कुटरमा राखिएको बम विस्फोटमा मारिएका थिए । उनको हत्याको युक्रेनले जिम्मा लिएको छ । यो दुई देशबीच द्वन्द्व सुरु भएयता युक्रेनले गरेको सबैभन्दा घातक आक्रमण हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन