"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय बाणिज्य बैंकको उपहार योजना घोषणा

प्रकाशित मिति :  29 December, 2024 10:59 am


काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको उपहार योजना घोषणा गरेको छ ।  यस योजनाबाट ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्ने छन् । 

राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु उपलब्ध गराउँदै आएको छ । यस अभियानमार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको छ।

यो अभियान अवधिभित्र, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुईजना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गर्नेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर रु. ५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरूमध्ये १०० भाग्यशाली विजेताहरूलाई रु. १०० को टपअप बोनस प्रदान गरिने बैंकले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकले यो अभियान अभियान पुस १० देखि माघ १० सम्म सीमित रहनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा