"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं तीन लाख घुससहित पक्राउ

प्रकाशित मिति :  29 December, 2024 9:46 pm


काठमाडौँ- राष्ट्रिय किताब खाना काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ गरेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालको टोलीलाई प्रसाईंलाई तीन लाख घुस रकमसहित पक्राउ गरेको हो।

पेन्सनपट्टा बनाइदिने भन्दै उनले सेवाग्रहीसँग तीन लाख घुस मागेका थिए। सेवाग्रहीबाट तीन लाख घुस रकम लिइरहेको अवस्थामा प्रसाईंलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको घिमिरेले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध