"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन रुइतको ध्यानाकर्षण

प्रकाशित मिति :  28 January, 2025 10:54 pm


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। शिक्षा मन्त्रालयमा मंगलबार रुइतको नेतृत्वको टोलीले मन्त्री भट्टराईलाई भेट्दै त्यसबारे ध्यानाकर्षण गराएको हो।

तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक उपर संसद्को सम्बन्धित समितिमा उठेका विषयहरूमा थप स्पष्ट हुन आवश्यक सूचना तथा विवरण आवश्यक परेकोले उक्त विवरण उपलब्ध गराउन उनीहरूलाई मन्त्री भट्टराईले आग्रह गरिन्।

यसका लागि नेपाल आँखा कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दर्ता रहेको अन्धोपन निवारण समाज लगायतका संस्था समेत विश्वविद्यलयमा समाहित हुने प्रावधान प्रस्तावित रहेकोमा यसको सम्पत्ति व्यवस्थापन र रहने दायित्व, कर्मचारी व्यवस्थापन, तीलगंगा होल्डिङ्स प्रा.लि. र यसको कार्य प्रकृया लगायतका विषयमा थप स्पष्ट हुनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो।

डा.रुइतको टोलीले माग भए बमोजिमको विवरण र सूचना उपलब्ध गराउन आफूहरू तयार रहेको बताउँदै विधेयकलाई छिटो पास गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार