"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन रुइतको ध्यानाकर्षण

प्रकाशित मिति :  १५ माघ २०८१, मंगलवार २२:५४


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। शिक्षा मन्त्रालयमा मंगलबार रुइतको नेतृत्वको टोलीले मन्त्री भट्टराईलाई भेट्दै त्यसबारे ध्यानाकर्षण गराएको हो।

तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक उपर संसद्को सम्बन्धित समितिमा उठेका विषयहरूमा थप स्पष्ट हुन आवश्यक सूचना तथा विवरण आवश्यक परेकोले उक्त विवरण उपलब्ध गराउन उनीहरूलाई मन्त्री भट्टराईले आग्रह गरिन्।

यसका लागि नेपाल आँखा कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दर्ता रहेको अन्धोपन निवारण समाज लगायतका संस्था समेत विश्वविद्यलयमा समाहित हुने प्रावधान प्रस्तावित रहेकोमा यसको सम्पत्ति व्यवस्थापन र रहने दायित्व, कर्मचारी व्यवस्थापन, तीलगंगा होल्डिङ्स प्रा.लि. र यसको कार्य प्रकृया लगायतका विषयमा थप स्पष्ट हुनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो।

डा.रुइतको टोलीले माग भए बमोजिमको विवरण र सूचना उपलब्ध गराउन आफूहरू तयार रहेको बताउँदै विधेयकलाई छिटो पास गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन्। बुधबार इन् साइट

काठमाडौँ – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ । शनिबार

काठमाडौं – भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित

काठमाडौँ– ललितपुर महानगरपालिकाले मंगलबारदेखि नियमित पठनपाठन, विद्यार्थी भर्नासहितका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गराउन सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ। २७