"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छानविन समितिको निष्कर्ष : पर्यटन बोर्डका सीईओले गरे आर्थिक अनियमितता

प्रकाशित मिति :  1 February, 2022 12:34 pm


काठमाडौं, १८ माघ, । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत ९सीईओ० डा धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाएको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सीईओ रेग्मीमाथि नैतिक प्रश्नदेखि आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनअनुसार वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना समेत तिरेका कारण उनको कसुर पुष्टि भएको घटनालाई नैतिक प्रश्नका रुपमा लिइएको छ । उनको साथमा रहेका रहेका रक्सीको बातल कानूनले तोकेभन्दा बढी रहेको विषयमा समेत प्रश्न उठाइएको छ ।

यसका साथै २०७४ सालमा सुनको अवैध ओसारपसारमा कारवाही भोगेको घटना लुकाएर बोर्डलाई गुमराहमा राखेको समेत देखिएको छ । यसलाई उनको नैतिक प्रश्नसँग जोडेर प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कर्मचारी सरुवाका नाममा अतिरिक्त खर्च सिर्जना गरेको, अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागी हुँदा कम्तिमा १० जना निजी क्षेत्रका व्यवसायीको सहभागिता सुनिश्चित हुनुपर्नेमा गर्न नसकेको र यसमा बोर्डको निर्देशन नटेरेको देखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

डब्यूटीएममा सहभागी हुँदा निजी क्षेत्रबाट मात्र ६ व्यवसायी सहभागी भएको र खर्च भने १ करोड भन्दा माथि उठेको विषयमा समेत आर्थिक अनियमितताका रुपमा हेरिएको छ । यस्ता मेलामा व्यवसायी आफ्नै खर्चमा जाने गरेका छन् ।

बोर्डमा सीईओको कार्यकक्ष मर्मत गर्दा कागजात मिलाएर आर्थिक अनियमितता गरेको तथा जियोग्राफिकल इन्फर्मेसन सिस्टम जडानका क्रममा त्रिभुवन विश्वविद्यालयसँग गरेको ४ करोड ७३ लाख रुपैयाँमा समेत छानविन समितिले प्रश्न उठाएको छ । छानविन समितिले यी आर्थिक अनियमितता देखिएको विषयमा अनुसन्धान गरि कारवाही अगाडि बढाउन सिफारिस समेत गरेको छ ।

२० कात्तिकमा लण्डनबाट फर्कंदा विमानस्थलमा भन्सारका नासुसँग झगडा गरेपछि सीईओ रेग्मी विवादमा मुछिएका हुन् । उनले विमानस्थल भन्सारमा ५ हजार जरिवाना तिरेर छुटेका थिए । बोर्डले २ पुसमा उनीमाथि छानविन गर्न समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

पछि उनले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सीईओका रुपमा काम गरिरहेका छन् । छानविन प्रतिवेदनबारे अध्ययन गरी बोर्डले आवश्यक कदम चाल्न सक्नेछ ।
अनलाईखवबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।