"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘पोखरा भ्रमण वर्ष-२०२५’ मनाउँदै पोखरा महानगर

प्रकाशित मिति :  10 February, 2025 10:28 pm


काठमाडौं – पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । फागुन ३ गते प्रदर्शनी केन्द्रमा एक औपचारिक कार्यक्रम गरी पोखरा भ्रमण वर्ष घोषणा गरिने महानगरले जनाएको छ ।

भ्रमण वर्ष वर्षअवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकका लागि विभिन्न प्याकेजका कार्यक्रम उपलब्ध गराउन पर्यटन व्यवसायीलाई महानगरले आग्रह गरेको छ । प्याकेजहरु माघ २८ गतेसम्म महानगरमा उपलब्ध गराउन महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

पोखरा महानगर गत चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको हो । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष भएको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो । भ्रमण वर्षअवधिभर पोखरामा २० लाख पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ ।

‘भ्रमण वर्षभरि नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ पोखरा महानगर प्रमुख धनराज आचार्यले भने, ‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’

घोषणा कार्यक्रमका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको