"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिदै

प्रकाशित मिति :  28 April, 2022 3:39 pm


काठमाडौँ । सरकारले आगामी १ जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । अब बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम हुनेछ । यो निर्णय हाललाई परीक्षणका रूपमा लागू गरिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । 

इन्धन खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको हो । बिदा थप्दा सरकारी तवरबाट हुने इन्धन खर्च घट्ने र त्यसबापत बाहिरिने विदेशी मुद्रा जोगिने सरकारको बुझाइ छ । पेट्रोलियम पदार्थमा पूर्णतः परनिर्भर नेपालले अन्तर्राष्ट्रिय बजारमा भाउ अकासिँदा खरिदमा ठूलो रकम बाहिरिएर घाटा चुलिन थालेपछि खपत घटाउने एउटा विकल्पका रूपमा सार्वजनिक बिदा बढाएको हो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर