"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

प्रकाशित मिति :  24 June, 2025 8:11 am


बुटवल – बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ ।सोमबार नगरसभाको १७ औं अधिवेशनको तेस्रो बैठकमा उपमेयर सावित्रादेवी अर्यालले कुल बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने बताइन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान पेस गरेकी छन् ।

बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि एक करोड, पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधारमा एक करोड, छात्राहरुलाई नि:शुल्क अध्ययनका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्न ७० लाख बजेट विनियोजन भएको छ ।

यस्तै ज्येष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रमका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट विनियोजन भएको छ ।

झुम्सा खानेपानी बुटवलमा ल्याउन पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि दुई करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि तीन करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न तीन करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि पाँच करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपमेयर अर्यालले बताइन् ।

किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिन एक करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिन ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ । यस्तै अव्यवस्थित बसोबास र सुकुमबासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि एक करोड ५० लाख, पुन: नापी गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्