"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  6 July, 2025 9:30 pm


काठमाडौँ – अन्नपूर्ण माध्यामिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध २९ लाख ६० हजार ६९२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रधानाध्यापक रोकाया समेतको मिलेमतोमा अन्नपूर्ण माध्यामिक विद्यालयको ठेक्का गाउँपालिकाको अध्यक्षको श्रीमती एवम् सोही विद्यालयका शिक्षिकाको नाममा रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई बोलपत्र पारी सार्वजनिक खरिद ऐन नियमावली विपरीत कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको आरोप लागेको छ।

आर्थिक वर्ष २०७९/८० मा डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ७ स्थित अन्नपूर्ण माविको ठेक्का इबीआइडीमार्फत् बोलपत्र आव्हान गरी बोलपत्रको मूल्याङ्कन गरेको, सार्वजनिक खरिद ऐन, नियम तथा शिक्षा ऐन, नियमको मर्म विपरीत सम्बन्धित विद्यालयमै कार्यरत शिक्षिकाको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई छनौट गरेको र बोलपत्र मूल्याङ्कन गर्दा न्यून कबोल अङ्क भ्याट बाहेक ४९ लाख ८३ हजार ३९४ रुपियाँ कबोल गरेको महातारा निर्माण सेवालाई बिना कारण साइट भिजिट नभएको भन्ने आधार लिइ अयोग्य ठहराएको र चौथो नम्बरको कम कबोल अङ्क भ्याट बाहेक ७९ लाख ५१ हजार ७२९ रुपियाँ भएको दिग्दर्शनलाई आफूखुसी छनौट गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार दिग्दर्शन निर्माण सेवाले भुक्तानी पाएको ७९ लाख ४४ हजार ८७ रुपियाँबाट सबैभन्दा न्यून अङ्क कबोल गर्ने महातारा निर्माण सेवाको ४९ लाख ८३ हजार ३९४ रुपियाँ घटाउँदा हुन आउने फरक रकम २९ लाख ६० हजार ६९२ रुपियाँ बराबरको रकम अन्नपूर्ण माविलाई हानिनोक्सानी पुगेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा, सहायक शिक्षकद्वय हृदय नारायण साह र जयबहादुर ठकुल्ला, इन्जिनियर देवराज रावत, व्यवस्थापन समितिका पदेन सदस्य तथा मुड्केचुला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दत्तबहादुर बुढा र सदस्य दुर्गा देवी लामा, अशोक रोकाया, कविता बुढा (ठकुल्ला), रुपा रोकाया, पृथि ठकुल्ला, धनबहादुर कामी र नारायणी ठकुल्लाविरुद्ध आरोप लागेको छ ।

विद्यालयका शिक्षिका तथा दर्शन एण्ड दिग्दर्शन निर्माण सेवाका प्रोपाइटर उषा कुमारी सिंह र सो निर्माण सेवालाई समेत सो भ्रष्टाचार मुद्दा दायर भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ २९ लाख ६० हजार ६९२ रुपियाँ बिगो कायम गरी आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले