"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गरौं : राष्ट्रपति

प्रकाशित मिति :  14 July, 2025 8:45 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रूपमा रहेको बताएका हुन्।

नेपालको भौगोलिक सुन्दरताबाट चलचित्र  सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने उनले बताए।  ‘पछिल्लो समयमा आदिवासी जनजाति लगायतका कला, भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचाना र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ’, उनले भने।

राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए।

‘नेपाली चलचिलत्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो’, उनले भने। मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने चलचित्रको महत्व आधुनिक युगमा पनि उत्तिकै रहेको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहँने भन्दै संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक रहेको बताए। उनले सीमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुनरूपमा विकास र विस्तार भइरहेको छ त्यो खुशीको विषय भएको जिकिर गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई