"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मर्चवारीका वडाअध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  4 August, 2025 9:47 pm


काठमाडौं – रुपन्देहीको मर्चवारी गाउँपालिका –३ का अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध तीन लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०८१–८२ मा सिसु सेमरा दक्षिण धोबहिया छठघाट निर्माण, पूर्निकोट गाउँभित्र सडक पिसिसि ढलान र सुरहवाँ गाउँभित्र सडक पिसिसि ढलान कार्य योजनाहरुको काम सम्पन्न भइ सिफारिस दिने कार्यमा सेवाग्राहीसँग तीन लाख घुस माग गरी गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिनकुमार पाण्डेयमार्फत घुस लिन लगाएको तथ्य पुष्टि भएको छ।

प्रतिवादी पाण्डेयले मतियारको रुपमा सङ्लग्न भइ भ्रष्टाचारजन्य कसुरमा सहकार्य, सहजीकरण तथा सघाउने कार्य गरेको पुष्टि भएको आयोगले जनाएको छ  । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम बिगो रकम तीन लाख रुपियाँ कायम गरी प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

काठमाडौं – नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध