"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  14 August, 2025 9:01 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आर्जन गरेको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको छ । त्यसैले उनीविरुद्ध सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ आशा कुमारी यादवलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

पर्यटन विभागका निर्देशक (सी.डी.ई.) यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

यादवको शुरू नियुक्ति भएको मिति २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा उनको र उनको एकाघर परिवारका सदस्यहरूले कूल.२ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँ ७२ पैसा आर्जन गरेको देखिएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।

आयोगका अनुसार सोही जाँच अवधिमा उनको खर्च र बैंक मौजदात समेत गर्दा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी गरेको देखिएको छ ।

त्यसैले जाँच अवधिमा उनको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको आयोगको ठहर छ । त्यसैले आयोगले त्यति नै रकम विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा