"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारको निर्णय

प्रकाशित मिति :  26 August, 2025 2:00 pm


काठमाडौँ — गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा २३ वटा इलाका प्रशासन कार्यालय थप्ने प्रस्ताव सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ।

प्रशासन समितिले मन्त्रिपरिषदबाट पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरूबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउन प्रशासन कार्यालय थप्ने प्रस्ताव गरिएको हो।

प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र लिन तथा अन्य कामकाजका लाागि धेरै समय खर्चेर जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यताले सेवाग्राही नागरिकहरूले हैरानी व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गरी सेवा प्रवाह विस्तार गर्न गृह मन्त्रालयले उद्देश्यसहित उक्त कार्य अघि बढाइएको हो।

गृहमन्त्री रमेश लेखकले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थपमा जोड दिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालय तथा मातहतका निकायहरूको संगठन संरचना र दरबन्दी हेरफेर गर्न र नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक भएकोले गृह मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णय गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्न गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका