"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  29 August, 2025 8:21 am


काठमाडौँ-  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर समेत ८ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा ३६ लाख २० हजार ५७८ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यू बिके विल्डर्स एण्ड सप्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरूद्ध मुद्धा दायर गरेको हो। उनीहरूविरूद्ध भ्रष्टाचार गरेबापतकै रकम बिगो माग गरेको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा