"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक सय २२ उपसचिवको सरुवा, पालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी [सुचि सहित]

प्रकाशित मिति :  29 August, 2025 8:43 am


काठमाडौं – स्थानीय तह पुनर्संरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गरेको हो। उनीहरुमध्ये अधिकांशलाई नगर तथा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।

पदभार ग्रहण गरेलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्त कार्यालय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाएकी थिइन्। उनका अनुसार न्यौपानेले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए। 

बिहीबार गरिएको सरुवामा एक सय २२ जना मध्ये एक सय २१ जनालाई विभिन्न नगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका