"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

प्रकाशित मिति :  29 August, 2025 1:31 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् ।

चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्ने  स्रोतले जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका