"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति :  2 February, 2022 2:07 pm


१९ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर तीन/तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। 

यति हुँदा समेत प्रति महिना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण