"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

धुलिखेल मालपोतका खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  14 October, 2025 3:51 pm


काठमाडौँ- सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेल, काभ्रेका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साविक दोलालघाट गाविस–७ का फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गरिदिने बहानामा भण्डारीले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएका थिए।

उक्त घटनामा भण्डारीविरुद्ध सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवानाको मागसहित मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी