"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

धुलिखेल मालपोतका खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  14 October, 2025 3:51 pm


काठमाडौँ- सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेल, काभ्रेका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साविक दोलालघाट गाविस–७ का फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गरिदिने बहानामा भण्डारीले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएका थिए।

उक्त घटनामा भण्डारीविरुद्ध सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवानाको मागसहित मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा