"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गरौ : गगन थापा

प्रकाशित मिति :  20 May, 2022 3:03 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै थापाले आठ वर्ष अघि आफू बलात्कारमा परेको भन्दै एक युवतीले सार्वजनिक गरिसकेपछि दोषीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन्।

‘हिजो साँझ घर जाँदा मेरो श्रीमती र दुई छोरीहरू एउटा सामाजिक सन्जालमा आएको नौजवानले आफूमाथि आठ वर्षअघि भएको बलात्कारबारे बताइरहेको भिडियो हेरिरहेका थियौं। त्यसको प्रतिक्रियामा मैले मेरी छोरीको आँखामा डर देखेँ,’ उनले भने, ‘यत्रो विषय सार्वजनिक भैसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ तत्कालै उसलाई अनुसन्धानको दायरामा ल्याउनका निम्ति म अनुरोध गर्दछु।’

थापाले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्यादमा आवश्यक पुनर्विचार गर्न पनि सरकारसँग माग गरेका छन्। ‘हामीले यही संसदबाट बनाएको बलात्कार सम्बन्धी कानुन मुलुकी फौजदारी संहिताको खास गरी हदम्याद सम्बन्धी विषयका सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिन पनि अनुरोध गर्न चाहन्छु।’

मिस ग्लोबल इन्टरनेसनल -२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन्।

मिस ग्लोबल प्रतियोगितामा ती युवती छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले भिडिओमा बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार