"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिथ्या सूचना रोक्न फेसबुक र टिकटकलाई पत्राचार

प्रकाशित मिति :  9 January, 2026 11:12 pm


काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मेटा (फेसबुक) र टिकटक कम्पनी एकचरण कुराकानी समेत भइसकेको छ ।

‘मेटा र टिकटकका प्रतिनिधिसंग सम्पर्क गरेका छौँ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको छ । मेटा, टिकटक, एक्स (ट्वीटर) लाई पत्राचार गरिएको छ’ भट्टराईले भने, ‘उहाँहरुबाट बिगतमा झैँ सहयोग गर्ने प्रतिबद्धता आएको छ ।’

उनका अनुसार आयोगले सामाजिक संजालको प्रयोगलाई सकारात्मक कुराका सन्दर्भमा प्रोत्साहन गर्ने र नकारात्मक कुराका लागि कडाइ गर्ने निति लिएको छ ।

यसका अतिरिक्त आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तरगत रहेर कार्य गर्नेगरी सूचना सदाचार प्रवर्धन एकाईले कार्य प्रारम्भ गरेको पनि उनलेल जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जाल अनुमगन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको छ ।

आसन्न आम निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने, निर्वाचनसम्बन्धी जानकारी, सूचना एवम् गतिविधि सम्प्रेषण गर्ने नीति छ ।

तर, सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (सत्य जस्तै लाग्ने गरी बनाइएको झुटो सामग्री), झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानी लगायतका कार्य भए त्यसको अनुगमन हुनेछ । अनुगमन गरी गैरकानुनी कार्यलाई कानुन बमोजिम दण्डित गर्न नियामक निकायहरूसँग सहकार्य गर्ने नीति आयोगले लिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध