"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री देउवालाई भेटे नवनिर्वाचित मेयर बालेन शाह

प्रकाशित मिति :  1 June, 2022 6:14 pm


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए।

‘तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु। पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले भने,‘काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ। कार्यपालिकामा नि कांग्रेस को बहुमत छ। विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे(जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’

प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए। ‘विश्वास र साथ दिनुहोला, महानगर बनाउने काम मेरो भयो,’ बालेनले प्रधानमन्त्री देउवालाई भने।

यसअघि बालेनले मतपरिणाम नआउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको तस्बिर मंगलबार सार्वजनिक भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक