"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मतदाता सूचीमा नाम छैन भने असार १ गतेदेखि दर्ता गर्न आयोगको अपिल

प्रकाशित मिति :  २४ जेष्ठ २०७९, मंगलवार ०९:३८


काठमाडौं । निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने आयोगले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सक्नेछन् ।

यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाण सहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् ।

त्यस्तो व्यक्तिको नाम स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत सञ्चालन हुने आयोगले जनाएको छ ।

‘आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा हार्दिक आग्रह गर्दछ’ आयोगले विज्ञप्तिमा भनेको छ । यस कार्यक्रमलाई सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आ–आफ्नफ क्षेत्रबाट सहयोग गरिदिन पनि आयोगले अपिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह