"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंमा अब घरमै कुहिने र नकुहिने फोहोर अनिवार्य छुट्याउनुपर्ने

प्रकाशित मिति :  7 June, 2022 10:44 am


काठमाडौं । काठमाडौंका बासिन्दाले अब आगामी साउन १ गतेबाट स्रोतमै फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फल्न रोक्ने उनीहरुको चेतावनी छ ।

सोमबार महानगरपालिका, सहरी विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहरुबीच भएको सहमतिअनुसार साउनबाट भने काठमाडौंमा घर, पसल, होटल, रेस्टुरेन्टसहित सबै फोहोर उत्पादन गर्नेहरुले कुहिने र नकुहहिने फोहोर छुट्टाछुटै रुपमा राख्नुपर्नेछ ।

महानगरपालिकाले केही दिनमै सूचना जारी गर्ने एक अधिकारीले बताए । कडाइ पूर्वक फोहोर वर्गीकरण गर्न प्रोत्साहनको नीति पनि ल्याइने ती अधिकारीले बताए ।

महानगरपालिकाका मेयर बालेन साहले चुनावी अभियानकै क्रममा कुहिने र नकुहिने फोहोर लिने गाडी छुट्टा छुट्टै दिनमा पठाउने बताउँदै आएका थिए । उनले कुहिने र नकुहिने फोहोर छुट्याएर दुबैबाट महानगरले आम्दानी गर्न सक्ने बताउँदै आएका छन् ।

जैविक र अजैविक फोहोरको वर्गीकरण गर्ने अभ्यास धरान र धनकुटा लगायतका स्थानीय तहले गर्दै आएका छन् ।

काठमाडौं महानगरले यो अभ्यास थालेपछि ललितपुर महानगरपालिकासहित उपत्यकाका अन्य नगरपालिकाले पनि यही विधिबाट फोहोर संकलन गर्न बाध्य हुनेछन् । किनकी उपत्याकाको सबैजसो नगरपालिकाले अहिले सिसडोल र बञ्चरेडाँडामै फोहोर फालिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द