"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभामा ८ वटा विधेयकका प्रतिवेदन पेश

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १७:४७


काठमाडौँ । विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकहरुको प्रतिवेदनहरू राष्ट्रियसभामा पेश गरेको छ ।

विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरू आइतबार राष्ट्रियसभा बैठकमा पेश गरेको हो ।

विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरू राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए ।

राष्ट्रियसभाको अर्को बैठक असार ६ गते (भोली) अपरान्ह १ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौं – संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा

काठमाडौँ – सत्तारूढ एमाले र कांग्रेस उपसभामुख  इन्दिरा रानामगरमाथि एकाएक खनिएका छन्। दुई दलले पार्टी बैठक र सदनमा पनि पदीय मर्यादाको

काठमाडौँ – प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको