"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिमा मन्त्री आलेविरूद्ध उजुरी

प्रकाशित मिति :  19 June, 2022 6:05 pm


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पटक-पटक अश्लील शब्द बोलेको भन्दै उजुरी परेको छ।

अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई तथा काननुका विद्यार्थी रेजिना पौडेलले सांसद तथा मन्त्री आलेले पटक-पटक अश्लील शब्द बोलेको, मर्यादा कायम नगरेको भन्दै संसद् सचिवालयको आचरण अनुगमन समितिको कार्यालयमा आइतबार उजुरी दर्ता गराएका हुन्। 

उनीहरूले असार ३ गते शुक्रबार सुन्नै नसक्ने अडियो र सञ्चारमाध्यमहरूमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको समेत जानकारी आएको व्यहोरा निवेदनमा उल्लेख गरेका छन्।  त्यसअघि भारत बस्ने एक युवालाई मन्त्री आलेले सिध्याइदिने धम्कीसहितको अडियोको विषयमा पनि उनीहरूले समितिको ध्यानाकर्षण गराएका छन्।

‘माननीय प्रेम आलेज्युले प्रयोग गर्नुभएका शब्द कदापी समाजमा सुन्न र बोल्नयोग्य होइनन्। के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो?,’ उजुरीमा भनिएको छ,’यी र यस्तै गतिविधिका कारण आम जनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको संशय पैदा हुनु सवभाविकै हो।’

यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरीतका कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरूप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएको भन्दै मन्त्री आलेको अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धनबाट कारबाहीका लागि सिफारिस गर्न माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा