"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नीति निमार्णमा युवाहरुको सहभागिताका लागि संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी : अब्दुस मियाँ

प्रकाशित मिति :  22 June, 2022 11:23 am


काठमाडौं । विवेकशील साझा पार्टी छाडेका अब्दुस मियाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आइतबार एक विज्ञप्ति जरी गरी मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ‘प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’ उनले भनेका छन् ।

मियाले असार ११ गते शनिबार औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् । पछिल्लो ५ वर्य आफू र कैयन युवाले वैकल्पिक पार्टी निर्माणमा आफ्नो ऊर्जा, लगन र समय खर्च गरेको भन्दै उनले अधिकांश संस्थापक सदस्यले पार्टी परित्याग गरेकाले विवेकशील साझा पार्टी विघटन भएको दावी गरेका छन् ।

‘तर वैकल्पिक शक्ति निर्माणको दायित्व र औचित्य सकिएको छैन। निर्वाचनपश्चात वृहत वैकल्पिक शक्तिको पुनर्गठनमा मेरो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्नेछु’ उनले भनेका छन्, ‘तर हालका लागि आसन्न निर्वाचन मार्फत प्रतिनिधिसभामा युवा नीति निर्माताका रुपमा उपस्थिति जनाउनुपर्ने भएकाले मैले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने निर्णय लिएको हुँ ।’

संसद लगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको भन्दै मियाले यो अवस्थालाई सुधार्न धेरै भन्दा धेरै सक्षम युवाहरुले नीति निर्माण तहमा पुग्ने इमान्दार प्रयास गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको