"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने

प्रकाशित मिति :  23 June, 2022 6:36 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

स्रोत (घरमा) नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले बताएको छ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको