"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

असारको १० गतेभित्र १९ गाउँपालिकाले ल्याएनन् बजेट

प्रकाशित मिति :  26 June, 2022 10:33 am


काठमाडौं । देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।

गाउँपालिका राष्ट्रिय महानसंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका  छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् ।

बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।

असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको