"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कैदीबन्दीको मताधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति :  27 June, 2022 6:05 pm


काठमाडौं । सर्वोच्च अदालतले कैदीको मताधिकार सुनिश्चित गर्न अन्तरिम आदेश गरेको छ। निशान्त पोखरेलको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश गरेको हो। शुक्रबार गरिएको आदेशमा मतदाता नामावली संकलन तथा अद्यावधिक गरी प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको निर्वाचनमा कैदीबन्दीहरूको मतदाता नामावलीमा नाम समावेश गरेर मतदानको सुनिश्चितता गर्न अन्तरिम आदेशमा भनिएकाे छ।

‘असार १ देखि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु अवस्थामा रहेको हुँदा हाललाई आगामी हुने प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीबन्दीहरूको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्नू–गराउनू,’अन्तरिम आदेशमा भनिएकाे छ।

आदेशमा कैद सजाय भई कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वतः स्थगन वा निलम्बित नहुने यसअघिको सिद्धान्त रहेको उल्लेख गरिएको छ। आदेशमा कैद तोेकिएको व्यक्तिको हिँडडुल र आवतजावत गर्ने स्वतन्त्रताबाहेक अरू स्वतन्त्रता अपहरण हुन नसक्ने आदेश गरिएको छ। ‘कैद सजाय भई कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वतः स्थगन वा निलम्बित हुन्छ भन्ने होइन, कैदमा रहेको व्यक्तिको हिँडडुल र आवतजावत गर्ने स्वतन्त्रताबाहेक अरू स्वतन्त्रता अपहरण हुन नसक्ने प्रतिपादित सिद्धान्त रहेको छ,’ आदेशमा भनिएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कुनै कानुन नल्याइने बताएका छन्। आइतबार नेपाली कांग्रेसनिकट नेपाल