"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कैदीबन्दीको मताधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति :  27 June, 2022 6:05 pm


काठमाडौं । सर्वोच्च अदालतले कैदीको मताधिकार सुनिश्चित गर्न अन्तरिम आदेश गरेको छ। निशान्त पोखरेलको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश गरेको हो। शुक्रबार गरिएको आदेशमा मतदाता नामावली संकलन तथा अद्यावधिक गरी प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको निर्वाचनमा कैदीबन्दीहरूको मतदाता नामावलीमा नाम समावेश गरेर मतदानको सुनिश्चितता गर्न अन्तरिम आदेशमा भनिएकाे छ।

‘असार १ देखि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु अवस्थामा रहेको हुँदा हाललाई आगामी हुने प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीबन्दीहरूको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्नू–गराउनू,’अन्तरिम आदेशमा भनिएकाे छ।

आदेशमा कैद सजाय भई कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वतः स्थगन वा निलम्बित नहुने यसअघिको सिद्धान्त रहेको उल्लेख गरिएको छ। आदेशमा कैद तोेकिएको व्यक्तिको हिँडडुल र आवतजावत गर्ने स्वतन्त्रताबाहेक अरू स्वतन्त्रता अपहरण हुन नसक्ने आदेश गरिएको छ। ‘कैद सजाय भई कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वतः स्थगन वा निलम्बित हुन्छ भन्ने होइन, कैदमा रहेको व्यक्तिको हिँडडुल र आवतजावत गर्ने स्वतन्त्रताबाहेक अरू स्वतन्त्रता अपहरण हुन नसक्ने प्रतिपादित सिद्धान्त रहेको छ,’ आदेशमा भनिएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौं – प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति

काठमाडौँ- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी