"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विराटनगरका पूर्वउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  8 July, 2022 5:56 pm


मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्तियारले शुक्रबार उनीहरुविरुद्ध विगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपितमा नगर उपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलम छन् ।

यस्तै पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ ।

महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पुर्‍याएको बताइएको छ ।

तत्कालीन नगर उपप्रमुख कार्की र विराटनगर महानगरपालिका १५ का तत्कालीन वडाध्यक्ष आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी गलत मूल्याङ्‍कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी पुर्‍याएको ठहर गर्दै अख्तियारले उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए ।

यस्तै तत्कालीन प्रशासकीय अधिकृत अधिकारीसहित पोखरेल, प्रधान र आलमलाई १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ । साथै उपभोक्ता समितिका अध्यक्ष सुडी, सचिव आचार्य र कोषाध्यक्ष घिमिरेमाथि पनि १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले