"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्च अदालतमा अब शुक्रबार पनि ५ बजेसम्मै इजलास

प्रकाशित मिति :  9 July, 2022 3:08 pm


काठमाडौं । सर्वोच्च अदालतले पुराना मुद्दा फर्स्योट गर्न कार्ययोजना बनाएको छ । बिहीबार बसेको सर्वोच्चको पूर्ण बैठकले कार्ययोजना पारित गरेको हो । आगामी आर्थिक वर्षको अन्तिममा पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने नीतिअनुरूप ल्याइएको कार्ययोजनामा राष्ट्रिय महत्त्वका र बन्दीहरूको मुद्दा शीघ्र फर्स्योट गर्ने गरी अदालतले शुक्रबार पनि ५ बजेसम्मै इजलास बस्ने उल्लेख छ । १ साउनबाट कार्ययोजना लागू हुनेछ ।

शुक्रबारसम्म सर्वोच्च अदालतमा जम्मा ३० हजार ९५ वटा मुद्दा तथा निवेदन विचाराधीन रहेकोमा दुई वर्ष नाघेका मुद्दा १७ हजार दुई सय ५६ र पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय २४ वटा छन् । हाल सर्वोच्चमा सबैभन्दा पुराना मुद्दा १६ वर्ष पुरानासमेत छन् । 

‘शुक्रबार पनि हरेक इजलासका लागि दुईवटा पेसी सूची प्रकाशन गर्ने । पहिलो पेसी सूची दिउँसो १:३० बजेसम्म नियमित रहने । दोहोर्‍याइपाऊँसम्बन्धी निवेदन सुनुवाइका लागि हाल भइरहेको पेसी कोटासम्बन्धी व्यवस्थालाई यथावत् राख्दै शुक्रबार खाजा समयपछि थप दोहोर्‍याइपाऊँसम्बन्धी निवेदनको सुनुवाइ गर्ने गरी सबै इजलासको पेसी सूची प्रकाशन गरी २:३० बजेदेखि ५ बजेसम्म यस किसिमका निवेदनको सुनुवाइ गर्ने,’ कार्ययोजनामा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कुनै कानुन नल्याइने बताएका छन्। आइतबार नेपाली कांग्रेसनिकट नेपाल