"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्च अदालतमा अब शुक्रबार पनि ५ बजेसम्मै इजलास

प्रकाशित मिति :  9 July, 2022 3:08 pm


काठमाडौं । सर्वोच्च अदालतले पुराना मुद्दा फर्स्योट गर्न कार्ययोजना बनाएको छ । बिहीबार बसेको सर्वोच्चको पूर्ण बैठकले कार्ययोजना पारित गरेको हो । आगामी आर्थिक वर्षको अन्तिममा पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने नीतिअनुरूप ल्याइएको कार्ययोजनामा राष्ट्रिय महत्त्वका र बन्दीहरूको मुद्दा शीघ्र फर्स्योट गर्ने गरी अदालतले शुक्रबार पनि ५ बजेसम्मै इजलास बस्ने उल्लेख छ । १ साउनबाट कार्ययोजना लागू हुनेछ ।

शुक्रबारसम्म सर्वोच्च अदालतमा जम्मा ३० हजार ९५ वटा मुद्दा तथा निवेदन विचाराधीन रहेकोमा दुई वर्ष नाघेका मुद्दा १७ हजार दुई सय ५६ र पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय २४ वटा छन् । हाल सर्वोच्चमा सबैभन्दा पुराना मुद्दा १६ वर्ष पुरानासमेत छन् । 

‘शुक्रबार पनि हरेक इजलासका लागि दुईवटा पेसी सूची प्रकाशन गर्ने । पहिलो पेसी सूची दिउँसो १:३० बजेसम्म नियमित रहने । दोहोर्‍याइपाऊँसम्बन्धी निवेदन सुनुवाइका लागि हाल भइरहेको पेसी कोटासम्बन्धी व्यवस्थालाई यथावत् राख्दै शुक्रबार खाजा समयपछि थप दोहोर्‍याइपाऊँसम्बन्धी निवेदनको सुनुवाइ गर्ने गरी सबै इजलासको पेसी सूची प्रकाशन गरी २:३० बजेदेखि ५ बजेसम्म यस किसिमका निवेदनको सुनुवाइ गर्ने,’ कार्ययोजनामा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम

काठमाडौँ — महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् । युवराज सफल, आयुष बडालसहित र

काठमाडौं – सर्वोच्च अदालतले दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूलाई पनि समेट्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको