"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामती सेवा दिवस अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिंदै

प्रकाशित मिति :  7 September, 2022 9:30 am


काठमाडौं । १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा आज बिहान ८ बजे सिंहदरबार परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहने छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

सिंहदरबार परिसरमा आयोजित विशेष समारोहमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई प्रधानमन्त्री देउवाबाट सम्मान समेत गरिने छ । सम्मानका लागि यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न भने सकेन ।

उत्कृष्ट निजामती पुरस्कार पदम कुमार श्रेष्ठ, दीपक प्रसाद खतिवडा, हरि प्रसाद ज्ञवाली, मुना शर्मा, प्रकाशराज पौडेल, शोभाखर रेग्मी, सन्तोष पौडेल, सचिन्द्र कुमार यादव, रुकु शर्मा पौडेल र महंगु लोधले पाउनेछन् । निजामती पुरस्कार ३० जनालाई प्रदान गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले निजामती सेवा दिवसको अवसरमा रक्तदान, वृक्षरोपण, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजनासमेत गरेको छ । दिवसको अवसरमा आज बेलुका सबै सरकारी कार्यालयमा दीपावली गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्रसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार