"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रस्तावित न्यायाधीशको संसदीय समितिमा सुनुवाइ हुदै

प्रकाशित मिति :  7 September, 2022 3:15 pm


काठमाडौं । सत्तारुढ दलहरुले सर्वोच्च अदालतका तीन प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ फास्ट ट्र्याकमा गर्ने तयारी गरेका छन् ।

न्याय परिषद्ले मंगलबार मात्र सर्वोच्चको न्यायाधीशमा उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित, न्‍यायाधीश विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुली को नाम सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र संसदीय सुनुवाइ समिति आइपुगेको छ ।

अब समितिको बैठक बसेर बिरोधका लागि १० दिने सूचना निकाल्नुपर्ने कार्यबिधिमा उल्लेख छ । तर यो कार्यबिधी छोट्याएर फास्ट ट्याकमा सुनुवाइ गर्ने सत्तारुढ दलहरुको तयारी छ ।

कार्यविधिमा संशोधनका लागि दलीय सहमति नजुटे संसदको कार्यालय सकिएर सुनुवाइ हुन सक्दैन । एउटा बैठक सुनुवाइ समितिको बसेर ४५ दिनसम्म अनुमोदन नभए स्वतः नियुक्ति गर्न सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी