"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षामन्त्री पौडेल उद्घोष : प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्‍याउँछौं

प्रकाशित मिति :  २६ माघ २०७८, बुधबार १२:१७


कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास गर्दै मन्त्री देवेन्द्र पौडेल

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताएका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्‍याउने बताएका हुन् ।

“प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमा जोड्नुपर्छ”मन्त्री पौडेलले भने,“मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।” मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने पनि प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै ४ देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताए । पढ्दै कमाउँदै कार्यक्रमले सिपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताए ।

२०७६ साल असोज ७ गते आंगिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री

काठमाडौँ– पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर

काठमाडौं – शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका

काठमाडौँ – आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकका मागबारे