"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

प्रकाशित मिति :  22 September, 2022 3:33 pm


काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दावी गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि राजीनामा नदिएको भन्दै रिटमा उनीहरुको पद खाली गराउन परमादेश माग गरिएको छ ।

‘सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनुभएको छ । यो दुरुपयोग संविधानमाथिको निर्मम प्रहार र धोकाधडडी हो’ रिटमा भनिएको छ, ‘संविधानको अक्षरश पालना गर्ने हो भने सभामुख र उपसभामुखले सो पद धारा गरी राज्यको स्रोत साधनको दुरुपयोग गरिरहनुभएको छ ।’

४ मंसिरको स्थानीय तह निर्वाचनका लागि समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकिएको भन्दै रिटमा सभामुख र उपसभामुखले राजीनामा नदिएर राज्य स्रोतको दुरुपयोग गरिरहेको रिट निवेदकको भनाइ छ । उनीहरुले मुद्दाको अन्तिम किनारा नलागेसम्म सभामुख र उपसभामुखलाई राज्यस्रोतबाट प्राप्त सेवा सुविधा नदिन अन्तरिम आदेश माग गरेका छन् । यो रिटमा शुक्रबार पेशी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार