"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अत्यावश्यक बाहेक राहदानी वितरण स्थगित

प्रकाशित मिति :  19 January, 2022 11:58 am


५ माघ, काठमाडौं । कोरोना संक्रमण तिब्र रूपमा बढेको भन्दै राहदानी विभागले दैनिक वितरण गर्दै आएको कार्य हाललाई स्थगित गरेको छ। दैनिक १२ सयलाई राहदानी दिँदै आएको विभागले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्यलाई राहदानी वितरणमा रोक लगाएको मंगलबार एक विज्ञप्ति निकाल्दै जानकारी दिएको छ।


‘कोभिड १९ सम्बन्धी नेपाल सरकारको पुस ३० गतेको निर्णय तथा विभागका कर्मचारीमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अगाडि विभागले दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ। अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ।’

विभागले विदेशमा उपचारको लागि जानुपर्ने तथा अत्यन्त जरूरी परेको अवस्थामा विभागको इमेल ठेगना ([email protected]) मा अनलाइन आवेदन दिएपछि राहदानी लिन सकिने विभागले जानकारी दिएको छ।

‘विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरूरी परेका अवस्थामा अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्न सकिने छ। सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने छ। निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आउन अनुरोध गरिन्छ’, विभागले भनेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध