"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय निर्वाचन : वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट निवेदन दरपीठ

प्रकाशित मिति :  9 February, 2022 5:10 pm




काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरूले ५ वर्षे कार्यकाल उपभोग गर्न नपाउने भन्दै रिट निवेदन लिएर गएकोमा सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो ।

सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले आदेश जारी गर्दै स्थानीय तह निर्वाचन ऐन बमोजिम अलग(अलग मितिमा सम्पन्न भएको निर्वाचन पहिला चरणमा भएको मितिमा सम्पन्न भएको मानिने भएकाले निवेदकको दाबी आधारहीन भएकोले दरपीठ गरिएको जनाएका छन् ।

२०७४ असोज २ मा सम्पन्न निर्वाचनको ५ वर्ष असोजमा मात्र पुग्ने भएकाले असोजपछि मात्र निर्वाचन हुनुपर्ने माग रिट निवेदकको रहेकोमा सर्वोच्चले वैशाख ३० लाई नै ५ वर्ष मान्ने प्रस्ट पारेको छ ।

सर्वोच्चको यो निर्णयसँगै वैशाख ३० मा हुने चुनाव अदालतबाट रोकिन सक्ने आशङ्कालाई अन्त्य गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौं – प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति

काठमाडौँ- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी