"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मनकामना मन्दिर माघ ७ देखि प्रवेशमा रोक

प्रकाशित मिति :  19 January, 2022 12:18 pm



५ माघ, गोरखा। कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई रोक लगाइएको छ।

भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ।

मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो।

कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए।

समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए।

माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले बताए।

बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ।

‘शुक्रबारदेखि जोकोहीले पनि मन्दिर बाहिरको बाहिरबाट मात्र पूजाआजा गर्न पाउनेछन्। मन्दिरभित्र पसेर पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ,’ उनले भने।

मनकामनामा दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका