"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनका लागि मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

प्रकाशित मिति :  15 November, 2022 12:14 pm


काठमाडौँ  । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थान र विद्यालयलाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय र सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा २०७९ मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध