"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक अध्ययनमा ५ महिनामै बाहिरियो २९ अर्ब रुपैयाँ

प्रकाशित मिति :  23 January, 2023 2:40 pm


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म वैदेशिक अध्ययनमा जानेले वैधानिक रुपमा २८ अर्ब ८१ करोड रुपैयाँको सटही सुविधा लिएका हुन् ।

गत वर्ष यस्तै अवधिमा विदेशमा पढ्न जानेहरुले १३ अर्ब ५३ करोड रुपैयाँबराबरको विदेशी मुद्रा मात्रै मात्रै लगेका थिए ।

५ महिनाको अवधिमा अवधिमा खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको यस्तै अवधिमा खुद सेवा आय  ३८ अर्ब १३ करोड रूपैयाँले घाटामा थियो ।

सेवा खाता अन्तर्गत ५ महिनामा भ्रमण (पर्यटन) आय १३२.९ प्रतिशतले बढेको छ । यसबाट नेपालले २३ अर्ब ६३ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पर्यटन आय १० अर्ब १४ करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गएर खर्चिने रकम ६४ प्रतिशतले वृद्धि बढेर ४२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण