"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विवेकशील साझाको अध्यक्षमा समीक्षा, महासचिवमा रञ्‍जु

प्रकाशित मिति :  12 February, 2023 10:49 am


काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको उक्त पार्टीको पहिलो महाधिवेशनले समीक्षा बाँस्कोटालाई अध्यक्ष र रञ्जु दर्शनालाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।

गत जेठमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी बाँस्कोटाले पार्टीको पहिलो महाधिवेशन गराएर पुन: नेतृत्वमा आएकी छन् । विवेकशील साझाको अभियानमा सुरुवातदेखि नै जोडिएकी उनी कानुनमा स्नात्तकोत्तर हुन् । ३८ वर्षीया बाँस्कोटा अधिवक्ता समेत हुन् ।

उनका बुवा दीपकप्रकाश बाँस्कोटा भने कांग्रेसका नेता हुन् । तर उनी अहिले सक्रिय राजनीतिमा छैनन् । उनी कांग्रेसबाटै मन्त्री समेत बनेका थिए ।

महाधिवेशनले पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा दामोदर नेपाल सर्वसम्मत चयन भए ।

विवेकशील साझाको केन्द्रीय कार्यसमिति ५१ सदस्यीय रहने व्यवस्था भए पनि त्यसबारे अहिले छलफल भइरहेको सो पार्टीका नवनिर्वाचित उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा