"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्री आलेको सचिवालयले थाल्यो कानुनी परामर्श

प्रकाशित मिति :  15 February, 2022 5:03 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएको सम्बन्धमा मन्त्री आलेको सचिवालयले कानुनी परामर्श शुरु गरेको बताएको छ ।

मंगलबार सार्वजनिक भिडियो तोडमोड, काँटछाँट गरी भिडियो सार्वजनिक गरिएको भन्दै सचिवालयले प्रहरी प्रशासनसँग अनुरोध गरेको छ । यस विषयमा सचिवालयले कानुनी परामर्श थालिसकेको समेत उल्लेख गरेको छ ।

सचिवालयका अनुसार यो भिडियो पुरानो हो । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना सचिवालयमा कर्णालीका एक माननीयमार्फत आएको थियो । नक्सालको एक होटलबाट समेत सावधान हुन खबर आएको सचिवालयले उल्लेख गरेको छ ।

एमालेका कार्यकर्ता रहेका ती व्यक्तिले नयाँ गठबन्धन बनेपछि मन्त्री आलेविरुद्ध नकारात्मक कमेन्ट गर्न थालेको समेत सचिवालयले जनाएको छ । उनले आर्थिक सहयोग चाहियो भन्दै बार्गेनिङ गरेको समेत सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौं – प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति

काठमाडौँ- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी