"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चउरमै पढाइ: राजजकुमार ह्यारीले बनाएको विद्यालयमा

प्रकाशित मिति :  ४ फाल्गुन २०७८, बुधबार ०७:२७


धार्चे गाउँपालिका-७ लापुवेशीको प्रभातकिरण माध्यमिक विद्यालय

गोरखा । धार्चे गाउँपालिका-७ लापुवेशीको प्रभातकिरण माध्यमिक विद्यालयले २०७२ चैतमा राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चार माध्यममा निकै चर्चा पायो । कारण थियो, भूकम्पबाट क्षतिग्रस्त यो विद्यालय पुनर्निर्माणमा बेलायती राजकुमार ह्यारी स्वयं खटिएका थिए । नेपाल भ्रमणमा आएका ह्यारी करिब एक हप्ता लापुवेशीमै बसेर विद्यालय भवन बनाउन श्रम गरेका थिए ।
बेलायती राजकुमार ह्यारीसहित आएको टिम रुविकनले बनाइदिएको १२ कोठे अर्धस्थायी प्रकृतिको टिनले छाएको विद्यालय भवन जीर्ण भइसकेको छ । त्यसैले पठनपाठनका लागि कक्षाकोठा अभाव रहेको प्रधानाध्यापक जीतबहादुर गुरुङले जानकारी दिइए । ‘भूकम्पले क्षति पुगेका अधिकांश विद्यालयले नयाँ भवन पाइसके,’ उनले भने, ‘तर हामीले अहिलेसम्म यही अस्थायी भवनमा पढाउनुपरेको छ ।’
राजकुमार ह्यारीले सहयोग गरेको विद्यालय भनी अरु निकायले सहयोग नगरेका कारण अहिले समस्या भएको प्रधानाध्यापक गुरुङ बताए ।
‘भवनमा छाएका जस्ताहरु सबै खिया लागिसके, चर्र्को घाम लागेको बेला गर्मीले विद्यार्थीलाई भित्र राख्न सकिदैन, चिसोमा हावाले हान्छ, पानी पर्दा चुहिन्छ, निकै समस्या छ,’ उनले भने । अहिले विद्यार्थीलाई खुला चउरमा राखेर पढाउनुपरेको प्रधानाध्यापक गुरुङले जानकारी दिइए ।
माध्यमिक तहसम्म सञ्चालन भएको उक्त विद्यालयमा हाल १ सय ७१ जना विद्यार्थी छन् । ७१ जना विद्यार्थी आवासिय सुविधासहित बस्छन् । बाल कक्षादेखि १० कक्षासम्म सञ्चालन भएको विद्यालयलाई कम्तीमा १८ वटा कोठा आवश्यक पर्ने प्रधानाध्यापक गुरुङ बताए ।
‘हामीसँग त्यही बेलायती राजकुमारको टोलीले बनाइदिएको १२ कोठे अर्ध स्थायी प्रकृतिको भवन छ, तर त्यो पनि थोत्रिसक्यो, पढाउनै मुश्किल छ’ उनी भन्छन् । पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले पाँच कोठे भवन त बनाइदिएको छ तर त्यो अपुग रहेको उनले बताए ।
बिद्यालय भवन पुनर्निर्माणका लागि सरकारी तथा गैरसरकारी विभिन्न संघसंस्थालाई आग्रह गर्दा बेवास्ता गरेको उनले बताए । ‘भारतीय दूतावास, पुनर्निर्माण प्राधिकरण, जाइका लगायत धेरै संस्थालाई भवन निर्माण गरिदिन आग्रह ग¥यौं तर राजकुमार ह्यारीले बनाइदिएको ठाउँमा हाम्रो सहयोग किन चाहिन्छ भन्छन्’ प्रधानाध्यापक गुरुङले भने, ‘राजकुमार आउँदा यो विद्यालयले जति हाइहाइ कमायो त्यही अनुसार भौतिक संरचना पुनर्निर्माण हुन सकेन ।’
भवन पुनर्निर्माणपछि फर्किएको राजकुमार ह्यारी र उनको टिम हाल सम्पर्कमा छैन । भवन पुननिर्माणको क्रममा उक्त टिमले विद्यालयमा सोलार समेत जडान गरिदिएको थियो । तर त्यो सोलार बिग्रिसक्यो । मर्मत कहाँ र कसरी गर्ने भनेर सम्पर्क गर्न खोजेपनि फेला नपारेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं स्थानीय सरोज गुरुङले बताए । ‘सोलार बिग्रेको तीन बर्ष भइसक्यो, त्यो कसरी बनाउने, कहाँ बनाउने हामीलाई थाहा छैन, उहाँहरुलाई सोध्न खोज्दा सम्पर्क नै हुदैन,’ उनले भने । राजकुमार स्वयं विद्यालय भवन पुननिर्माणमा खटिएपछि खुशी भएका स्थानीयले विद्यालय सँगै रहेको डम्बु डाँडालाई ‘ह्यारी हिल’ भनेर नामाकरण समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं। काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा

काठमाडौँ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय