"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूलाई खोप दिने तयारीमा सरकार

प्रकाशित मिति :  23 February, 2023 6:15 pm


काठमाडौँ । सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्षभन्दा माथि उमेरका सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। सरकारले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूलाई खोप लगाउने भएको हो।

गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो। ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत् जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउन पनि सुरु गरिएको बताए। उनले पहिलो मात्रा खोप नलगाएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाइने बताए।

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्र्दै खोप उपलब्ध भएको खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन भइरहेको बताए। नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गए सहजै खोप लगाउन सकिने उनको भनाइ थियो।

खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई खोप लगाइदिन पनि उनले आग्रह गरे। बिहीबारदेखि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ। ‘कोभिड १९ विरुद्धको १५ लाख डोज खोप आइसकेको छ’ उनले भने, ‘थप खोप आउँदैछ। त्यो खोप प्राप्त भएपछि हाम्रो भण्डारणमा नभएको अवस्थाबाहेक अब खोप अभियान नियमित सुचारु हुन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य