"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारका ६१ जना सहसचिवको सरुवा

प्रकाशित मिति :  24 February, 2023 12:53 pm


काठमाडौँ । नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ६१ सहसचिवको सरुवा गरिएको पुष्टि गरे । 

सरुवाको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको हो । सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् । गृह मन्त्रालयमा रहेका १० जनालाई सरुवा गरिएको छ भने अन्य १० लाई गृहमै ल्याइएको छ । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय,  र प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ । हालै बढुवा भएका १५ जना सहसचिवलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको