"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल टेलिकममा ७३ जनालाई रोजगारी अवसर

प्रकाशित मिति :  24 February, 2023 2:44 pm


काठमाडौं । नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म कर्मचारी मागेको छ ।

उपप्रबन्धक पदमा समावेशीतर्फ मधेशी समूहमा १ जना माग गरिएको छ । वरिष्ठ इन्जिनियरतर्फ खुलामा एक र दलित समूहमा १/१ जनाको माग भएको छ । वरिष्ठ खेला अधिकृतमा खुलातर्फ १ जनाको आवेदन माग भएको छ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन)तर्फ खुलामा ५, महिलामा २, मधेशी, दलित र अपाङ्गतामा एक/एक जनाको माग भएको छ ।

टेलिकम इन्जिनियर (कम्प्यूटर) पदमा खुलातर्फ २, मधेशी, दलित र पिछडिएको क्षेत्रका लागि १/१ जनाका लागि आवेदन माग गरिएको छ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिकल)तर्फ महिला १, दलित १ र अपाङ्गता १ जनाका लागि आवेदन मागिएको छ । इन्जिनियर सिभिलमा अपाङ्गता समूहमा १ जनाको माग भएको छ । सहायक लेखा अधिकृतमा खुला ३, मधेशी १ जनाको माग भएको छ । सहायक प्रशासकीय अधिकृतमा खुला २, आदिवासी जनजाति १ जनाको माग भएको छ ।

सहायक व्यापार अधिकृतमध्ये खुलामा २, महिलामा १ र मधेशी समूहमा १ जनाको माग भएको छ । टेक्निसियनमा खुला ६, महिला २, आदिवासी जनजाती १, मधेशी १ र दलित एक जनाको माग भएको छ । सहायक पदमा खुलामा ७, महिलामा २, आदिवासी जनजाति १, मधेशी १ र दलितमा एक जनाका लागि आवेदन खुलेको छ । जुनियर टेक्निसियनमा भने खुलामा ९, महिलामा २, आदिवासी २, मधेशी ३ र दलितमा १ जनाको आवेदन माग भएको टेलिकमले जनाएको छ ।

यी पदमा २ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर ९ चैतसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ । आवेदनका लागि अधिकृत स्तरबाट माथि ८ सय रुपैयाँ दस्तुर तोकिएको छ । सहायक स्तरका लागि ३ रुपैयाँ दस्तुत राखिएको छ ।

बढुवा र आन्तरिक प्रतिस्पर्धाका लागि पनि आवेदन खुला

नेपाल टेलिकमले बढुवा र आन्तरिक प्रतिस्पर्धाका लागि समेत शुक्रबार नै आवेदन खुला गरेको छ । कार्यसम्पादन क्षमता मूल्यांकन बढुवाका लागि एकसाथ ठूलो संख्यामा आवेदन मागिएको छ ।

हेर्नुहोस् सूचनाः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत ४०० भन्दा बढी पदका लागि भर्ना आह्वान गरेको छ। यसअन्तर्गत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी

काठमाडौँ — गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले